तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन (तस्बिरहरु)

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गर्नुभएको छ । 

राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदल वसन्तपुर दरबारस्थित गद्दी बैठक पुग्नुभएको हो। उहाँ २०८० सालदेखि इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदल गद्दी बैठक पुग्दै आउनुभएको छ। 

राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू गद्दी बैठक पुग्नुभएको थियो।

त्यसैगरी स्थानीय तहका जनप्रतिनिधिलगायत विशिष्ट व्यक्तित्वहरूको पनि जात्रा अवलोकनमा सहभागिता थियो।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिनुभएको थियो । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो ।

 भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज शुक्रबार मुख्य दिन हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button