पाल्पामा पहिरोले दुई घरमा क्षति, एक महिला बेपत्ता

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङमा पहिरोले दुई वटा घर क्षति पुर्याएको छ ।
पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् । पहिरोमा परी रिब्दीकोट गाउँपालिका–६ धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारु बेपत्ता भएको प्रहरीले जनाएको छ ।
लगातार परेको अविरल वर्षाका कारण शुक्रबार दिउँसो करिब २ः४५ बजे धुस्तुङ गोलफानमा माथिल्लो भागमा निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहितको ढुङ्गा–माटोको पहिरो खस्दा स्थानीय केसुराम सारु मगर र रामबहादुर उचईका तीन तले कच्ची घर पूर्णरूपमा क्षति पुगेको हो ।
पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट अझै ढुङ्गा–माटोसहितको लेदो बगिरहेकाले तत्काल उद्धार कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तस्बिर : रासस








प्रतिक्रिया राख्नुहोस्