भारी वर्षाको सम्भावना : मकवानपुरका जोखिमयुक्त क्षेत्रमा निगरानी बढाइयो
हेटौँडा । मौसम पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म वर्षाको सम्भावना रहेकाले मकवानपुरका जोखिमयुक्त सडकमा निगरानी बढाइएको छ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तह र सुरक्षा निकायलाई सम्भावित विपद्का घटनालाई ध्यानमा राख्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
पृथ्वी राजमार्ग, कान्ति राजपथ, मदन भण्डारी लोकमार्ग, त्रिभुवन राजपथ तथा हेटौँडा–काठमाडौं कुलेखानी सडकखण्डमा पहिरो र सडक कटानको सम्भावित जोखिमलाई ध्यानमा राखी स्थलगत अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो।
वर्षाका कारण सडक अवरुद्ध भए तत्काल उद्धार तथा यातायात सञ्चालन गर्न आवश्यक तयारी गरिएको उहाँले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्