प्रधानमन्त्री शाहले भोलि राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले भोलि महासभालाई सम्बोधन गर्नुहुने भएको छ।
महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ।
प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतसँग छलफल गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीको सम्मानमा आजै राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले आयोजना गर्ने समारोहमा पनि प्रधानमन्त्री शाह सहभागी हुनुहुनेछ।
प्रधानमन्त्री शाह असोज ९ गते न्यूयोर्कबाट कतारको दोहा प्रस्थान गर्नुहुनेछ। उहाँ असोज १० गते स्वदेश फर्कनुहुनेछ।








प्रतिक्रिया राख्नुहोस्