मुक्त कमैया परिवारको पुनर्स्थापना प्राथमिकतामा : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैया परिवारको पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

आज धनगढीमा मुक्त कमैयाका प्रतिनिधि टोलीसँगको भेटमा मुख्यमन्त्री भट्टले मुक्त कमैयाको जीविकोपार्जनका लागि सिपममुलक तथा आय आर्जनमूलक काममा जोड्न आवश्यक रहेको बताउनुभयो ।
मुक्त कमैया परिवारको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले मुक्त कमैयाका समस्या समाधानका लागी बजेट विनियोजन गरिने बताउनुभयो । उहाँले लामो समयदेखि पुनर्स्थापना नहुँदा विभिन्न समस्या भोग्दै आएका मुक्त कमैयाको गाँसबास, शिक्षा, स्वास्थ्यसँगै जीवनस्तर सुधार जस्ता कार्यक्रमलाई सरकारले अघि बढाउने बताउनुभयो।
त्यसक्रममा मुक्त कमैया प्रतिनिधि टोलीका सदस्यहरुले पुनर्स्थापना लगायतका माग मुख्यमन्त्री भट्ट समक्ष राखेका थिए ।








प्रतिक्रिया राख्नुहोस्