तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न काँग्रेसको माग

धनगढी। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था अन्त्य गर्दै आगामी असोज १५ गतेभित्र बजेट पारित गर्न सरकारसँग माग गरेको छ।

धनगढीमा बसेको संसदीय दलको बैठकले नेपालीहरूको महान् पर्व दशैं–तिहार नजिकिँदै गर्दा बजेट शून्यताका कारण अत्यावश्यक सरकारी सेवा प्रवाह समेत प्रभावित भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजेटका सन्दर्भमा प्रमुख प्रतिपक्षी दलको रचनात्मक भूमिका र सहभागितालाई प्रदेश सरकारले निरन्तर बेवास्ता गरेको आरोप कांग्रेसको छ।

बैठकपछि संसदीय दलका नेता कमलबहादुर शाहले बजेट शून्यताको अवस्था तत्काल अन्त्य गरी असोज १५ गतेभित्र प्रदेश सभाबाट अनिवार्य रूपमा बजेट पारित गरेर कार्यान्वयनमा ल्याउन सरकारसँग जोडदार आग्रह गरिएको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button