देवानगञ्जमा गोली चल्यो, एक युवक घाइते
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा आज साँझ गोली चलेको छ। गोली लागेर स्थानीय १९ वर्षीय निरज यादव घाइते भएका छन्।
लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा यादवको तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न केही व्यक्ति फरार छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चन्द्रबहादुर खड्काले घाइतेको अवस्था हेर्दा गोली लागेको जस्तो देखिको भएता पनि गोली चलेको पुष्टि गर्ने गरीको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
गोली कसले र के कारणले चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्