बैतडीको ऐतिहासिक जगन्नाथ मन्दिर पुनर्निर्माणको काम सुरु

बैतडी। बैतडीको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको जगन्नाथ मन्दिर पुनर्निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ। पुरातात्त्विक सम्पदा सूचीमा सूचीकृत दशरथचन्द नगरपालिका–४ स्थित यस मन्दिर पुनर्निर्माणको पहिलो चरणअन्तर्गत मन्दिर निर्माणका लागि आवश्यक ढुङ्गा निकाल्ने कार्य प्रारम्भ गरिएको हो।

आज शुक्रबार रामपातलमा रहेको ढुङ्गा खानीमा विशेष कार्यक्रम आयोजना गरी वैदिक मन्त्रोच्चारणसहित भूमि पूजा गरिएको थियो। त्यससँगै मन्दिर निर्माणका लागि आवश्यक ढुङ्गा निकाल्ने कामको औपचारिक थालनी गरिएको अभियानका सदस्य पुष्कर ठगुन्नाले जानकारी दिनुभयो।
मन्दिर पुनर्निर्माण अभियानमा स्थानीय बासिन्दा, भक्तजन तथा सहयोगीहरूको साझा सहयोग र सहकार्य आवश्यक रहेको प्रचारप्रसार समितिका मोहितकुमार भण्डारीले बताउनुभयो।
उहाँले आमसमुदायको सहयोग र बाबा जगन्नाथको कृपाबाट ऐतिहासिक मन्दिर पुनर्निर्माणको काम सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्