मुडियारी र नेपाली भाषामा समाचार लेखन तथा उद्घोषणसम्बन्धी सात दिने तालिम सुरु
मोरङ । मुडियारी भाषा र नेपाली भाषामा समाचार लेखन तथा उद्घोषणसम्बन्धी सात दिने तालिम विराटनगरस्थित रेडियो नेपाल सञ्चार ग्राममा सुरु भएको छ ।

शुक्रबार तालिमको उद्घाटन कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी तथा रेडियो नेपाल सञ्चार ग्राम विराटनगरका कार्यालय प्रमुख बलराम चौधरीले गर्नुभएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा मुडियारी समुदायको भाषा, रहनसहन, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सञ्चार माध्यममार्फत मुडियारी समुदायका विषयवस्तुलाई प्राथमिकताका साथ उजागर गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
तालिममा मुडियारी तथा नेपाली भाषामा समाचार लेखन, समाचार वाचन, उद्घोषण कला, रेडियो कार्यक्रम सञ्चालन लगायतका विषयमा प्रशिक्षण दिइने आयोजक संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहरी ७ मोरङ संस्थाले जनाएको छ।
तालिममा मुडियारी समुदायका मोरङ र सुनसरीका १२ जना युवा युवतीको सहभागी रहेको छ । तालिम असोज १ गतेसम्म हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्