तपाईँ सुन्दै हुनुहुन्छः

हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौँ। बाबर हायातको उत्कृष्ट ब्याटिङमा हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितको लागि २६२ रनको लक्ष्य दिएको छ । 

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी  खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनायो ।

हङकङका लागि बाबर हायातले शतक प्रहार गरे । उनले १२६ बलमा ७ चौका र ७ छक्काको सहयोगमा अविजित  ११७ रन बनाएका हुन । त्यस्तै शाहिद वासिफले ४५ रन बनाउदा एहसान खान ३५ रनमा अबिजित रहे ।  

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने शेर मल्लले तीन विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button