तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत नखुलेको २१ लाख ६१ हजार रुपैयाँसहित दुई जना पक्राउ

नवलपरासी (पश्चिम)।प्रहरीले श्रोत नखुलेको २१ लाख ६१ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापपुर गाउँपालिकाबाट उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो।

भारतीय नम्बरको मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका–६, गुठीप्रसौनीका २५ वर्षीय अंकित गुप्ता र सोही स्थानका २० वर्षीय अभिनन्दन गुप्तालाई चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलाटारीमार्फत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button