त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक जनाको जीवितै उद्धार
काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ।
खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार सुरुङभित्रबाट एक जनालाई जीवितै उद्धार गरिएको हो।
दश दिन पछि नेपाल विद्युत् प्राधिकरण (NEA) का मेकानिकल फोरम्यान सञ्जय शाहको सफल उद्धार भएकाे हाे ।
आज बिहान खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको थियाे ।
सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छ। उद्धार कार्य जारी रहेको छ।








प्रतिक्रिया राख्नुहोस्