एमालेद्वारा रसुवाका विपद् पीडितलाई राहत हस्तान्तरण
काठमाडौँ। नेकपा एमालेले गत भाद्र १० गते गएको प्राकृतिक विपत्तिका कारण प्रभावित रसुवाका पीडितहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवाका जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको हो।
सामग्री हस्तान्तरण गर्नुहुँदै अध्यक्ष ओलीले राहत वास्तविक पीडितहरूकै हातमा पुग्ने गरी शीघ्र र पारदर्शी रूपमा वितरण गर्न निर्देशनसमेत दिनुभएको छ।
कार्यक्रममा पार्टीका अन्य नेताहरू तथा स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।







प्रतिक्रिया राख्नुहोस्