तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी विपद् : वीरेन्द्रनगर नगरपालिकाद्वारा ५१ लाख सहयोग  

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका (वीनपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

आज बसेको वीनपाको ९१ औँ कार्यपालिकाको बैठकले उक्त रकम दिने निर्णय गरेको हो । वीनपाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नगर विपद् व्यवस्थापन कोषबाट उक्त रकम सहयोग गर्न लागिएको जनाएको छ । 

नगर प्रमुख मोहनमाया ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत रकम जम्मा गरी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद् व्यवस्थापनका लागि सहयोग पुर्‍याउने निर्णय गरिएको जानकारी दिनुभयो । 

उहाँले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को घडीमा सरकारलाई हर प्रकारले सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button