सिमानाका झुलाघाट क्षेत्र पहिरोको जोखिममा
बैतडी । नेपाल–भारत जोड्ने सिमानाका बैतडीको झुलाघाट क्षेत्र पहिरोको जोखिममा परेको छ।

लगातारको वर्षाका कारण बजार नजिकैको सडकबाट पहिरो झरिरहेपछि बजार क्षेत्र जोखिममा परेको हो। गए रातिदेखि निरन्तर वर्षा भइरहेका कारण झुलाघाट बजार नजिकैको सडकमा पहिरो झरिरहेको स्थानीयले बताएका छन्।
लगातार पहिरो झरिरहेकाले बजार क्षेत्र र सडक पहिरोको उच्च जोखिममा परेको बैतडीका प्रमुख हिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो । पहिरो निरन्तर खसिरहेकाले जोखिम बढ्दो अवस्थामा रहेको हुनाले आवतजावतमा सहजता ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।
वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्