भोटेकोशी विपद्: कर्णाली प्रदेश सरकारको दुई करोड सहयोग
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद् बैठकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद् व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशको शिक्षा क्षेत्रलाई आगामी १० वर्षका लागि योजनाबद्ध रुपमा अघि बढाउन उक्त निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्