तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका कर्मचारी श्रेष्ठको बुबाको खोजीका लागि अपिल

काठमाण्डौ । रेडियो नेपालका डिभिजनल इन्जिनियर नेहा श्रेष्ठको बुबा हरिशरण श्रेष्ठ भदौ १० गतेदेखि काठमाण्डौबाट हराइरहनुभएको छ ।
६४ वर्षीय श्रेष्ठ काठमाण्डौ टुसाल चोकबाट विहान ७ बजे गोल्डेन बासुकी बसमा चढेर चाबहिलतिर गएको सिसिटिभीमा देखिए पनि उहाँ कहाँ झर्नुभएको हो भन्नेअझै यकिन हुन नसकेको परिवारले जनाएको छ ।
भैरहवा सिद्धार्थनगर निवासी श्रेष्ठले निलो सर्ट, हाफ पाइन्ट र खैरो रङको चप्पल लगाउनुभएको थियो ।
उहाँकी छोरी इन्जिनियर श्रेष्ठले हराइरहेका आफ्ना बुबालाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयका साथै फोन नम्बरहरु ९८६१४९७६३३,९८६७०४५६७८,९८१७४०६६९७ मा सम्पर्क गरिदिन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button