तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी विपद्: झापा गाउँपालिकाले २५ लाख सहयोग गर्ने

भद्रपुर, झापा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि झापाको झापा गाउँपालिकाले २५ लाख २८ हजार २८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने निर्णय गरिएको जानकारी दिनुभयो ।

उक्त सहयोग रकमका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ, सबै जनप्रतिनिधिबाट ६० हजार रुपैयाँ, गाउँपालिकाका कर्मचारीबाट ७ लाख ३८ हजार ६७९ रुपैयाँ तथा शिक्षकबाट १५ लाख २९ हजार ४०९ रुपैयाँ सङ्कलन गरिने कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button