टेलिकमद्वारा प्रभावित जिल्लाका विभिन्न स्थानमा साइट सुचारु
काठमाडौँ । नेपाल टेलिकमले आज २०८३–०५–१५ मा रसुवाको जिबजिबे र सरम थली, धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको छ । यससँगै बाढीबाट प्रभावित १२० मध्ये ११० साइट सुचारु भएका छन् ।
जिबजिबे टावरबाट भोर्ले, चिती, गाइसौरा भोर्ले लगायत नौकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।
त्यसैगरी सरम थली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङ लगायत आसपास क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन् ।
बेनीघाट साइटबाट बेनीघाट बजार लगायत आसपासका क्षेत्र र त्रिशूली साइटबाट त्रिशूली बजार, ढुङ्गे आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्