तपाईँ सुन्दै हुनुहुन्छः

आईएसएफ फुटबल वल्र्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने

काठमाडौँ । आईएसएफ फुटबल वल्र्ड कपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । 

प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गते (अक्टोबर १७ देखि २६ तारिख)सम्म हुनेछ ।

खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधर रहेका छन् ।

टोलीमा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी छन् । टोली नेतामा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घका कार्यकारी समितिका सदस्य समेत रहेका विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्की तथा अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भूवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई छन् । प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने रहेका ।

छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको महासचिव कार्कीले बताउनुभयो । “छनोटमा ३७२ खेलाडी सहभागी थिए । त्यसबाट पहिलो चरणमा हामीले ४० खेलाडी छान्यौँ । ४० बाट २० खेलाडीको अन्तिम छनोट गरिएको हो”, उहाँले भन्नुभयो । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपकी सदस्य मोनालिसा खम्बूलगायतले आज बिदाइ गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button