माथिल्लो त्रिशूली–३ ए आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास जारी
काठमाडौँ । भोटेकोशी बाढीका कारण माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि प्रयास जारी छ ।

भदौ १० गतेको बाढीका कारण उक्त आयोजनामा ३५ देखि ४० जना श्रमिक तथा कर्मचारीहरू फसेको अनुमान छ ।
उद्धारका लागि खटिएको नेपाली सेनासहितको टोलीले रातभरदेखि अहिले पनि खन्ने काम निरन्तर गरिरहेको र सुरुङ पत्ता लगाइसकेको भए पनि उद्धार टोली सुरुङको भित्रसम्म पुग्न सकेको छैन ।
उद्धार टोलीले गएराति करिब ३ बजे सुरुङको क्राउन ब्लास्ट गरेर हेर्दा क्राउनसम्मै पानीले भरिएका कारण भित्र पस्न असम्भव देखिएको र चुनौतीपूर्ण रहेको उद्धारमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानले जानकारी दिनुभयो ।
त्यहाँको गेग्रान हटाउने कामका लागि दुइटा ठूला एक्स्काभेटर चाहिएको तर हेलिकप्टरबाट पार्टपुर्जा लगेर एसेम्बल गर्न अरू केही दिन लाग्ने भएकाले जे स्रोत साधन उपलब्ध छ त्यसैबाट काम गरिरहेको सुरुङ विज्ञ न्यौपानेले बताउनुभयो ।
अहिलेकै रफ्तारमा काम गर्दा आज साँझसम्ममा सुरुङभित्रको सम्भावित ठाउँसम्म पुग्न सकिने आशा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्