सुदूरपश्चिममा गौरा विसर्जन गरिँदै
बैतडी । बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा गौरा पर्वको विसर्जन गर्न थालिएको छ। ठाउँअनुसार फरक–फरक दिन गौरा विसर्जन गर्ने परम्परा रहेकाले विभिन्न स्थानमा क्रमशः विसर्जनको कार्य सुरु भएको हो।

गौरा पर्व सुदूरपश्चिमको मौलिक एवं महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। पर्वका क्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरेपछि स्थानीय परम्पराअनुसार गौरा विसर्जन गर्ने चलन रहेको छ।
विभिन्न गाउँ तथा समुदायमा आफ्नो परम्परा र चलनअनुसार विसर्जनको दिन फरक हुने भएकाले कतिपय स्थानमा पर्वको समापन भइसकेको छ भने कतिपय ठाउँमा अझै धार्मिक तथा सांस्कृतिक कार्यक्रम जारी रहेको बैतडीको पाटन(८ का धार्मिक अगुवा हरिदत्त भट्टले बताउनुभयो ।
गौरा विसर्जनसँगै यस वर्षको गौरा पर्वको औपचारिक समापन हुने गर्दछ। पर्वका अवसरमा आफन्तजनबिच भेटघाट, देउडा खेल तथा विभिन्न सांस्कृतिक गतिविधि हुने भएकाले सुदूरपश्चिममा गौराको विशेष महत्व रहँदै आएको छ।







प्रतिक्रिया राख्नुहोस्