तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानका प्रधानमन्त्रीद्वारा बाढीपहिरोमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै नेपालमा हालै आएको बाढी तथा पहिरोबाट भएको मानवीय क्षति र व्यापक विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री सरिफले यस कठिन घडीमा पाकिस्तान सरकार र जनता नेपाल सरकार तथा नेपाली जनताको साथमा रहेको बताउनुभएको छ।

उहाँले बाढीपहिरो प्रभावितका लागि पाकिस्तानले आपतकालीन राहत सहायता पठाइरहेको जानकारीसमेत गराउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button