तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा रसुवामा बाढीमा परेका १२३ जनाको उद्धार

काठमाडाैँ। नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता तथा अलपत्र परेका १२३ जनाको आज बिहान हेलिकप्टरमार्फत सफलतापूर्वक उद्धार गरेको छ।

उद्धार गरिएकामध्ये टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। तीमध्ये आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी नागरिकहरूलाई उपचार तथा व्यवस्थापनका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ भने अन्य उद्धार गरिएकाहरूलाई रसुवाको सदरमुकाम धुन्चेतर्फ लैजाने काम भइरहेको छ।  

यसैगरी, हाकुस्थित जलविद्युत् आयोजनाको एउटा टनेलमा फसेका सात जनालाई जीवितै उद्धार गरिएको छ। सेनाका अनुसार अन्य तीनवटा टनेलमा फसेकाहरूको उद्धारकार्य अहिले पनि निरन्तर जारी छ।  यस्तै, टिमुरे क्षेत्रबाट हराइरहेका २ि जना भारतीय पर्यटकको पनि जीवितै उद्धार गरी उनीहरूलाई काठमाडौँ ल्याउने क्रम जारी रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button