तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको बाढीमा सिरहाका दुई जना सम्पर्कविहीन

सिरहा। रसुवामा आएको भीषण बाढीपछि सिरहा जिल्लाका दुई जना व्यक्ति सम्पर्कविहीन भएका छन्।

लहान नगरपालिका–१५, विरनगर टोलका इन्जिनियर मुकेश चौधरी बाढीपछि सम्पर्कविहीन भएका हुन्। उनका भाइ विक्रम चौधरीका अनुसार मुकेश करिब दुई महिनादेखि रसुवा नाका नजिकै निर्माणाधीन आन्तरिक राजस्व कार्यालयको भवनमा इन्जिनियरका रूपमा कार्यरत थिए।

मुकेशको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा वा उनलाई कतै भेटिएमा विक्रम चौधरीको मोबाइल नम्बर ९८०८७८२७३० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

त्यसैगरी, सखुवानन्कारकट्टी गाउँपालिका–१, भौर टोलका सलदेव यादव ‘मुन्ना’ पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। उनका काका महिन्द्र यादवका अनुसार सलदेव फेवा कन्स्ट्रक्सनअन्तर्गत त्रिशूली–३ ‘डी’ आयोजनामा कार्यरत थिए।

सलदेवको अवस्थाबारे जानकारी भएमा ९८१७७६०६०० मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button