रोल्पाको लुङ्ग्रीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु
रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा गएराति परेको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा स्थानीय ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोले घर पुरिएको सूचना आज बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौरमा प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोली घटनास्थल पुग्दा गुरुङ आफ्नै घरमा सुतिरहेको अवस्थामा पहिरोमा पुरिएर च्यापिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्