अरौदी खोलाले बगाएका युवक आँधी खोलामा मृत फेला
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित अरौदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत अवस्थामा फेला परेका छन् ।

पुतलीबजार नगरपालिका ३ बाड खोलाका मगरलाई बिहीबार राति १०ः२० बजे ग.११ प. ८१८३ नम्बरको मोटरसाइकल सहित अरौदी खोलाले बगाएको थियो ।
बेपत्ता मगरको खोजीमा सिंहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म वालिङबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार दिउँसो ३ः१० बजे पुतलीबजार नगरपालिका १३ गैरीजागर स्थित आँधी खोलामा शव फेला पारेको हो ।







प्रतिक्रिया राख्नुहोस्