रिजालको भान्सा ग्याँस उद्योगलाई कारबाही
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले रिजालको भान्सा ग्याँस उद्योगलाई कारबाही गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका– ५ मा रहेको ‘रिजालको भान्सा ग्याँस उद्योग प्रालिलाई उपभोक्ता हितविपरीत कार्य गरेको भन्दै २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको मोरङ प्रशासनले जनाएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयसहितको संयुक्त बजार अनुगमन टोलीले निरीक्षणका क्रममा सो उद्योग परिसरमा रहेको १९ वटा भरिएको ग्याँस सिलिन्डरको परिक्षण गर्दा एउटा सिलिन्डरमा २४० ग्राम ग्याँस कम तौल फेला परेको थियो ।
उद्योगले म्याद गुज्रिएका दुई वटा सिलिन्डरमा समेत ग्याँस भरेर बिक्रीका लागि बजार पठाउन तयारी गरेको अवस्थामा फेला पारेको थियो । म्याद नाघेको उक्त सिलिन्डर सिलबन्दी गरि नष्ट गरेको प्रशासनले जनाएको छ ।
यसैगरि विराटनगर–३ मा रहेको कन्चनेश्वर ग्याँस पसललाई जाँचबुझ निरीक्षण कार्यमा सहयोग नगरेको भन्दै सो पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।
त्यस्तै केही दिन अघि विराटनगरको नेमुवामा रहेको कोशी ग्याँस उद्योग पनि अनुगमन टोलीको कारबाहीमा परेको थियो ।







प्रतिक्रिया राख्नुहोस्