तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई जना पक्राउ

रौतहट । रौतहटको मौलापुर नगरपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएपछि प्रहरीले वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले दुर्घटनामा संलग्न रहेको आरोपमा मौलापुर–३ का वडाध्यक्ष महेश महतो कोइरी र सोही ठाउँका २८ वर्षीय त्रिकिशोर कुश्वाहालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार दुवै जनालाई सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार गत असार ६ गते मौलापुर–जयनगर सडकखण्डमा कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र कुश्वाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा कुश्वाहाको मोटरसाइकलको पछाडि सवार करिब २० वर्षीय निरज कुश्वाहा घाइते भएका थिए। उनको उपचारका क्रममा माघ १७ गते मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै मोटरसाइकल चालकलाई साउन २५ गते नियन्त्रणमा लिएको हो। घटनाको कारण, चालकको लापरबाही तथा अन्य सम्बन्धित पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button