तपाईँ सुन्दै हुनुहुन्छः

३५ क्विन्टल वेवारिसे छोकडा प्रहरी द्धारा बरामद

 
बारा । भन्सार चोरी निकासी गर्न लागेको छोकडा प्रहरीले बरामद गरेका छन् । जिल्ला बारा विश्रामपुर गाँउपालिका वडा नं.४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ चोरी निकासीको लागि छोकडा तस्करहरूले थुपारी राखेको भन्ने प्राप्त सूचनाको आधारमा बुधवार बिहान सो छोकडा बरामद गरेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले विश्रामपुर गाँउपालिका वडा नं.४ बलिरामपुर टोल स्थित दशगजा क्षेत्र नजिकै सुरेन्द्र साहको घर छेउमा आई पुग्दा भारततर्फ चोरी निकासीको लागी तस्करहरूले थुपारी राखेको ५ लाख २५ हजार बराबरको ४० बोरामा अन्दाजी ३५ क्विन्टल छोकडा रहेको प्रहरीको भनाई रहेको छ ।

तस्करहरुले प्रहरी टोलीलाई देखि भागि फरार भएकोमा उक्त छोकडा बेवारिसे अवस्थामा बरामद गरि आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय वीरगंज पर्सामा पठाइएको प्रवतmा मिश्रले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button