तपाईँ सुन्दै हुनुहुन्छः

विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको मृत्यु, ४ हजार भन्दा बढी घटना

काठमाडौँ I गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७  गतेसम्म देशका विभिन्न भागमा चार  हजार ५३  विपद्जन्य घटना हुँदा एक सय ९६ जनाको मृत्यु , एक हजार दुई सय १८ जना घाइते र ४ बेपत्ता  भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी एक हजार २४  वटा आगलागीका घटना, सर्पदंशका सात सय १६, पहिरोका छ सय ८५, हावा हुरीका चार सय ८०, चट्याङका दुई सय ३१, भारी वर्षाका दुई सय २७, वन्यजन्तु आक्रमणका दुई सय २५ , बाढीका २ सय  र वन डढेलोका एक सय ९१ वटा लगाएतका विपद्का  घटना भएका छन् । 

यस अवधिमा विपद्का विभिन्न घटनामा देशभरका पाँच हजार एक सय ८८ घर परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button