तपाईँ सुन्दै हुनुहुन्छः

पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सुनसरी । धरान उपमहानगरपालिका–६ दर्लामी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मदन भण्डारी राजमार्गअन्तर्गत भएको दुर्घटनामा मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको २०० सिसीको हिरो मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटना आज दिउँसो करिब १ः३० बजे भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ।

दुर्घटनामा झापाको दमक नगरपालिका निवासी करिब ४५ वर्षीय गिरिराज शर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकलको गति तीव्र भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button