तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व अर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज पौडेलसहित छ जना र १० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो । 

व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्व अर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतको सूचनामा उल्लेख छ । 

पूर्व अर्थमन्त्री पौडेलमाथि रु २० करोड ९० लाख बिगो मागदाबी गरिएको छ ।  साथै विभागले उहाँको बैङ्क खातामा रहेको रु छ लाख ३४ हजार जफत गर्न समेत माग दाबी गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button