तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा समिति बैठक : विज्ञान प्रयोगशालाका काम, कर्तव्य र अधिकारबारे छलफल

काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक २०८१ माथि दफावार छलफल गर्न बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधि विज्ञान प्रयोगशालाको काम, कर्तव्य,  अधिकार र नमुना परीक्षणका सम्बन्धमा छलफल भएको छ । 

छलफलमा भाग लिँदै समितिका सांसदहरुले सञ्चालक समितिले प्रयोगशालासम्बन्धी  विज्ञताका लागि अन्तर्राष्ट्रिय तालिममा पठाउन सक्ने व्यवस्था विधेयकमा थपिनुपर्ने, नमुना परीक्षणको रिपोर्ट सम्बन्धित पक्षलाई दिइसकेपछि पनि गोपनीयता कायम राखिनुपर्ने र नमुना परीक्षणयोग्य नमानिएसम्म उक्त क्षेत्र सुरक्षित राखिनुपर्ने गरी प्रावधानहरू संशोधन गर्न सुझाव राख्नुभयो । 

विभिन्न किसिमका अपराधका न्याय निरुपणका लागि वैज्ञानिक परीक्षण गर्ने उपकरणहरू आइएसओ मान्यता प्राप्त र अत्याधुनिक हुनुपर्ने विषयलाई पनि कानूनी रूपमै सुनिश्चित गर्नुपर्ने भन्दै सांसदहरुले परीक्षण प्रणालीलाई जतिसक्दो छिटो बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button