यान्त्रीकरणले गोरु विस्थापित हुँदै
रोल्पा। रोल्पा सहित लुम्बिनी प्रदेशका पहाडी जिल्ला तथा तराई भित्री मधेशका १२ जिल्लामा बसोबास गर्ने कृषक,किसानहरूले खेतीपातीका बेला खेतबारी जोत्न प्रयोग हुने गोरु यान्त्रीकरणको बढ्दो उपयोगसँगै बिस्तारै विस्थापित हुँदै जान थालेका छन् ।

केही वर्षअघिसम्म प्रायः प्रत्येक किसानको घरमा खेत जोत्नका लागि कम्तीमा एक हल गोरु तथा राँगा पाल्ने चलन थियो तर अहिले ट्याक्टर, मिनीटिलर तथा अन्य कृषि उपकरणको प्रयोग बढेपछि गोरु राँगाको आवश्यकता घट्दै गएको छ यान्त्रिक उपकरणबाट छिटो छरितो , सहज र कम श्रम लागतमा खेत वारी जोत्न सकिने भएकाले किसानको आकर्षण बढ्दै गएको हो।
कृषि कार्यमा बर्खे खेती धान,मकै त्यसैगरी हिउँदे खेती गहुँ,जहुँ,तोरी,मसुरो लगाउन जोत्न तथा दाँई लाउन,तरकारी खेती गर्न, आधुनिक ट्याक्टर तथा थ्रेसर प्रविधिको प्रयोग बढ्दै जाँदा गोरु पाल्ने किसानको संख्या पनि वर्षेनी घटिरहेको स्थानीय किसानहरू बताउँछन् पहिले जमिन जोत्न, अन्य कृषि कार्यमा अपरिहार्य मानिने गोरु तथा राँगा अहिले सीमित किसानका गोठ, खेतबारीमा मात्र देख्न पाइन्छ।

यान्त्रीकरणले समय र श्रमको बचत गर्नुका साथै खेतीको लागत व्यवस्थापनमा पनि सहयोग पुर्याउने भएतापनि अर्को पक्ष भने परम्परागत पशुपालन संस्कृति र स्थानीय गोरु ,राँगा पाल्ने चलन हराउँदै जानु हो स्थानीय काठे जातका गोरुको संरक्षणमा समेत चुनौती थपिएको छ ।
कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक भए पनि स्थानीय काठे गोरु संरक्षण, पशुपालन प्रवर्द्धन तथा जैविक खेतीसँग जोडिएका परम्परागत अभ्यासलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उत्तिकै अपरिहार्य छ ।








प्रतिक्रिया राख्नुहोस्