तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

रोल्पा । रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। 

‘स्थानीय स्रोतको उपयोगिता, स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले शनिबार सदरमुकाम लिबाङमा आयोजित कार्यक्रममा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो।

यसअघि जिल्लाका सबै १० वटा स्थानीय तह तथा अन्तर्गतका सम्पूर्ण वडाहरूलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकिएकाले आवश्यक मापदण्ड पूरा भएपछि जिल्ला स्तरमा घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालय रोल्पाले आर्थिक वर्ष २०८२र०८३ मा वडास्तरसम्म पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो । पूर्ण खोप सुनिश्चितता घोषणा गर्नका लागि तोकिएको उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत लगाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button