जेठ १७ गते संसद्मा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सभामुखको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।
सभामुख अर्यालले प्रतिवेदन अध्ययनपश्चात् आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सभामुख अर्यालले जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न ७ दिनको समयसिमा दिएर जेठ १८ गते प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गर्नुभएको थियो ।
समितिले गत जेठ २५ गते सभामुखलाई प्रतिवेदन पेस गरेको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव गिरीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्