प्रधानमन्त्री शाहद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण
चितवन। प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ ।
प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नुभएको हो । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्