लुम्बिनी प्रदेश सभाको बैठक स्थगित, मङ्गलवार दिउँसो ३ बजे बस्ने
दाङ। लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक एक दिनका लागि स्थगित गरिएको छ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार दिउँसो १ः०० बजे बस्ने गरी पूर्वनिर्धारित आठौँ अधिवेशनको दशौं बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो । सूचनामा जनाइएअनुसार सभामुखको निर्देशनमा उक्त बैठक अब असार ९ गते मङ्गलवार दिउँसो ३ः०० बजे बस्ने गरी तय गरिएको छ ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगित सम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्