तपाईँ सुन्दै हुनुहुन्छः

हामी गैर राजनीतिक पृष्ठभूमिबाट आएका हौँ : सभापति लामिछाने 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैर राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको साझा मञ्च बन्न पुगेको बताउनुभएको छ ।

आज चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आफूहरूले पटक–पटक आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरे पनि सुनुवाइ नभएको बताउनुभयो ।

उहाँले टेलिभिजनको पर्दाबाट, राजनीतिक मैदानमा प्रवेश गर्दा र कारागारबाट समेत आफ्ना कुरा राखेको तर ती बेवास्ता गरिएको उल्लेख गर्नुभयो ।

“रास्वपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैर राजनीतिक मानिसहरू आइपुगेका छन् । यो एउटा बाध्यता हो, रहर थिएन । पटक पटक भन्यौँ तर हाम्रो कुरा सुनिएन । टेलिभिजनको पर्दाबाट भन्यौँ, राजनीतिको मैदानमा आउने बित्तिकै घोषणा गर्दा भन्यौँ तर सुनिएन । यतिसम्मकी जेलको कालकोठरीबाट पनि भन्यौँ सुनिएन ।”, उहाँले भन्नुभयो ।

सभापति लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताउनुभयो । रास्वपालाई लडाउने शक्ति अब नआउने उहाँले दाबी गर्नुभयो  ।

“मैँले विगतमा पनि भनेको छु रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, यसलाई लडाउने अरूको तागत छैन । तर, रास्वपालाई लडाउने शक्ति अबको युगमा आउने छैन ।”, उहाँले भन्नुभयो ।

उहाँले फुटाउ र राज गर भन्ने सिद्धान्तअनुसार रास्वपालाई फुटाउने प्रयत्न हुने भन्दै सचेत रहन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button