रास्वपाको महाधिवेशन नेपाली राजनीतिमा एउटा उदाहरणीय मानक बन्न सकोस् : नेता ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप कुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन सफलताको शुभकामना दिँदै यस महाधिवेशनले पार्टीको स्पष्ट राजनीतिक नीति र वैचारिक कार्यदिशा तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
चितवनमा आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै नेता ज्ञवालीले रास्वपा राष्ट्रिय राजनीतिमा कुन विचार र मार्गचित्रका साथ अगाडि बढ्छ भन्ने कुरा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “महाधिवेशन केवल नेतृत्व चयन गर्ने थलो मात्र होइन, यसले पार्टीको राजनीतिक नीति र कार्यदिशा तय गर्छ। रास्वपा राष्ट्रिय राजनीतिमा कहाँ उभिन्छ र यसको वैचारिक धरातल कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर यस महाधिवेशनले दिन सक्नुपर्छ।” रास्वपाको यो पहिलो महाधिवेशन नेपाली राजनीतिमा एउटा उदाहरणीय मानक (बेन्चमार्क)का रूपमा सफल हुन सकोस् भनी उहाँले शुभेच्छा प्रकट गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्