वीरगञ्जमा विन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता शुरु
वीरगञ्ज । वीरगञ्जमा आजबाट विन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर–१९ स्थित क्रिकेट मैदानमा आजबाट शुरुभएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता सुधिर पटेलले गर्नुहुँदै खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
बाहाँले यस्ता प्रतियोगिताले युवाबिच एकता, आपसी सद्भाव र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान दिने बताउँदै आयोजक विन्दवासिनी माई युवा क्लबलाई विशेष धन्यवाद तथा बधाई दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वीरगञ्ज महानगर अध्यक्ष दिपराज पटेलले स्थानीय स्तरमा खेलकुद गतिविधिको विस्तारले प्रतिभाशाली खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताउँदै आयोजक टोलीको प्रयासको प्रशंसा गर्नुभयो ।
प्रतियोगितामा बारा, पर्साका १६ वटा विभिन्न क्रिकेट टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभाको पहिचान र खेलकुद संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्