तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा ४६ औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता शुरु 

सुर्खेत । ४६ औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आजदेखि शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले नेशनल च्याम्पियनसिपले प्रदेशको खेलकुद विकाससँगै राष्ट्रिय स्तरका खेलाडीहरूको प्रतिभा पहिचानमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

नेपाल एथलेटिक्स सङ्घको आयोजना एवं कर्णाली प्रदेश खेलकुद परिषद्को सहयोगमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला तर्फ १४÷१४ गरी २८ इभेन्टमा प्रतिस्पर्धा भइरहेका छन् । ७ प्रदेश, ३ विभागीय टिम गरी १० टिमबाट १२० महिला, १२० पुरुष गरी २४० जना महिला पुरुष खेलाडीहरूले २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । 

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशसँगै विभागीय टिम तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, नेपाल सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरी तर्फ नेपाल पुलिस क्लबहरूले प्रतियोगितामा सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा १० टिमका २४०, खेलाडी, १० जना प्रशिक्षक, १० जना म्यानेजर र ६० जना प्राविधिकसहित ३२० जनाको सहभागिता रहेको आयोजकको भनाइ छ । 

प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार र तृतीय हुने खेलाडीले ५ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ७० लाख रुपैयाँ खर्च लाग्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button