संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज संस्कृति संस्थानको ५४औँ वार्षिकोत्सव समारोहमा उहाँले नेपाली कला, संस्कृति र परम्पराले नेपाललाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
संस्कृति संस्थानका महाप्रबन्धक किरणबाबु पुनले संस्थानले विगतदेखि नै नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको जानकारी दिनुभयो ।
सो अवसरमा नेपाली कला, साहित्य तथा लोक सङ्गीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने लोकदोहोरी गायक द्वय पुरुषोत्तम न्यौपाने, रामप्रसाद खनाल लगायतलाई सम्मान गरिएको थियो ।
सांस्कृतिक संस्थानको वार्षिकोत्सव अवसरमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने सहभागी टिमलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्