किर्ते दस्तखत गरी रकम निकासा गरेको आरोपमा तेह्रथुम खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष पक्राउ
तेह्रथुम I किर्ते दस्तखत प्रयोग गरी बैङ्क खाताबाट लाखौँ रुपैयाँ निकासा गरेको आरोपमा जिल्ला खेलकुद विकास समिति तेह्रथुमका निवर्तमान अध्यक्ष राजेन्द्र बराल पक्राउ परेका छन्।
समितिकाे कार्यालय प्रमुख किशोर कुमार लिम्बुको किर्ते दस्तखत प्रयोग गरी नेपाल बैङ्क लिमिटेडमा रहेको २५ लाख ७९ हजार ६ सय ९६ अन्य खातामा ट्रान्सफर गरी निकासा गरेको आरोपमा बराललाई बिहीबार पक्राउ गरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक लक्ष्मण ओलीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्