विनियोजन शीर्षकमाथिको छलफलमा मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
असार । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल जारी रहेको समयमा विषयगत मन्त्रीहरू अनुपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले नियमापत्ति गर्दै मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल भइरहँदा सम्बन्धित मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो ।
बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्