तपाईँ सुन्दै हुनुहुन्छः

ग्यालरी बैठक भवनलाई आधुनिक सुविधा सहित ऐतिहासिक स्वरूपमै पुनर्निर्माण गर्न सांसदहरूको जोड

काठमाडौँ I राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्त्विक स्वरूप झल्किने गरी पुनर्निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्वपूर्ण इंता, वस्तु, चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो ।

ग्यालरी बैठक (पुरानो संसद्) भवन निर्माणको कार्ययोजना सम्बन्धी छलफलमा सांसदहरूले सो भवनलाई अपाङ्गमैत्री, प्रविधिमैत्री तथा आपतकालीन अवस्थासँग सामना गर्न सक्षम संरचनाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरूले युरोपेली नव–शास्त्रीय शैलीबाट प्रेरित भएर निर्माण गरिएको ग्यालरी बैठक भवन पुरातात्त्विक सम्पदाका रूपमा रहेकाले पुन निर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button