रास्वपाको सुदूरपश्चिम प्रदेश महाधिवेशन धनगढीमा सुरु
धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश महाधिवेशन धनगढीमा सुरु भएको छ ।

पार्टीका महामन्त्री भूपदेव शाहले भव्य समारोहका बिच प्रदेश महाधिवेशनको उद्घाटन गर्नुभयो । रास्वपाको प्रथम प्रदेश महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट प्रतिनिधि र नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश बिष्टको अध्यक्षतामा आजदेखी शुरु भएको महाधिवेशनलाई महामन्त्री भूपदेव शाह र केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेश महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्