पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
रौतहट । रौतहटको बौधीमाइ नगरपालिका–६ स्थित बलवान इँटा उद्योग परिसरमा रहेको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार दिउँसो खाल्डोमा डुबेर स्थानीय पिपरिया गाउँ निवासी दिपेन्द्र यादवका १० वर्षीय छोरा सुप्रित यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बालक खाल्डोमा डुबेको जानकारी प्राप्त भएपछि स्थानीयवासी र प्रहरीको सहयोगमा उनको शव निकालिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्