तपाईँ सुन्दै हुनुहुन्छः

कैलाली टेम्पो प्रकरण: प्रदेश सरकारद्वारा छानबिन समिति गठन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा टेम्पो भिरमा खसालिएको प्रकरणमा छानविन समिति गठन गरिएको छ ।  

प्रदेश वन निर्देशक हेमराज बिष्टको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोइरालाले बताउनुभयो । 

टेम्पो भिरमा खसालिएको घटनाको यथार्थ वस्तुस्थिति बुझेर सात दिन भित्र वन मन्त्रालयमा छानविन प्रतिवेदन पेश गर्न समितिलाई कार्य समयावधि दिइएको उहाँले जानकारी दिनुभयो ।

छानविन समितिको सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन अधिकृत जनक पाध्या,  कानुन अधिकृत विजय ओझा, मेकानिकल इन्जिनियर ध्वजराज जोशी रहेको मन्त्रालयले जनाएको छ ।

कैलालीको गोदावरी ४ मा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरमा खसालेको भिडियो सार्वजनिक भएको थियो । उक्त घटनाको सोधपुछका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button